मानसेवा आश्रमले गर्यो दशैं अवधिभर ३९ जना सडकमानवको उद्धार

पालिका डायरी
६ कार्तिक २०७८, १२:४०
मानसेवा आश्रमले गर्यो दशैं अवधिभर ३९ जना सडकमानवको उद्धार

सुनिता बिष्ट

हेटौंडा/ दशैंको सुरुवाती दिन घटस्थापना देखि प्रायः सबैलाई दशैंको रमझम लाग्ने गर्छ । आफुले गरिरहेको दैनिकीबाट समेत केही छुटकरा लिँदै चाडपर्वको समयमा आफ्नो परिवारहरुसँग रमाइलो गर्ने, घुमफिर गर्ने तथा किनमेल गर्नमा व्यस्त हुने समय मानिन्छ । तर हिन्दु नेपालीहरुको बर्ष दिनमा आउने महान पर्व दशैंको समयमा पनि आफ्नो व्यक्तिगत रमाइलो भन्दा भन्दा पनि सडकमानव व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर मानसेवा आश्रमको अभियान्ताहरु सक्रिय रहिरहे ।

चाडपर्वको समयमा हुने अत्याधिक भीडभाडको बेला सडकपेटीमा व्यवहारिसे मानिसहरुको संख्या धेरै देखिने गरेको भन्दै व्यसहरा मानिसहरुलाई आश्रमले उद्धार गरेको मानवसेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले बताए । अरु समयमा भन्दा चाडपर्वको समयमा सडकपेटीमा बसेर हात फैलाउँदै जीवनयापन गर्न आउनेहरु पनि धेरै भेटिन्छन् । ‘अशक्त तथा अपाङ्गता भएर पनि बाध्यताले मागेर खानु परेका सडकमानवहरुलाई आश्रममा उद्धार गरेका हौं,’ उनले भने । अरु समयमा जस्तै गरी हामी अभियान्ताहरु सडकमानव मुक्त बनाउनको लागि पहलमै लाग्दालाग्दै दशैं नै सकिसकेछ । अभियान्ता पौडेलले भने ः बसेर दशैं मनाउन नपाएको दुख छैन । बरु दशैंको अवधिमा अझ धेरै जना व्यसहराहरुको साहारा बन्न पाउँदा खुसी लागेको छ ।

हरेक रात दिन नभनी सडक मानवहरुको उद्धार कार्यमा जुट्दै आइरहेको मानवसेवा आश्रमले दशैंको घटस्थापनाको दिन देखि पुर्णिमाको दिनसम्म ३९ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरेको आश्रमका अभियान्ता पौडेलले जानकारी दिए । १७ जना महिला, २१ जना पुरुष तथा १ जना बालकगरी ३९ जना सडकमानवहरुको उद्धार गरिएको आश्रमको तथ्यांक छ । सडकपेटी र सार्वजनिक स्थलहरुमा मानसिक तथा शारीरिक रुपमा कमजोर भई बेवारिसे जीवनयापन गरिरहेका व्यक्तिहरुको उद्धार गरेको आश्रमका अभियन्ता पौडेलले जानकारी दिए ।
त्यस्तै, यसै अवधीमा २३ जना आश्रममा आश्रित रहेको मानवहरुको पारिवारिक पुनर्मिलन समेत गरिएको छ । जसमा १० जना महिला र १३ जना पुरुष रहेका छन् । ५ जनाको सामुदायिक पुनस्र्थापना गरेको मानवसेवा आश्रमको तथ्यांक छ । दशैंको अवधिमै २ जना भारतीय नागरिकको समेत करिब १० घण्टा लामो रेल यात्रा गरेर पुनर्मिलन भएको छ । यसैगरी ४ जनाको आश्रममा नै कालगतिले निधन भएको आश्रमले जनाएको छ । निधन हुनेमा ४जना नै पुरुष रहेको मानवसेवा आश्रम हेटौंडाका अभियान्ता पौडेलले जानकारी दिए ।
देशका १६ जिल्लामा शाखाहरु विस्तार गरेको मानवसेवा आश्रमले दशैँको समयमा घटस्थापना देखि पूर्णिमासम्म यसपालीको दशैँमा कोही पनि मानिस सडकमा बस्न नपरोस् भन्ने उदेश्यले अभियान सञ्चालन गरिएको आश्रमको दाबी छ ।

सिमित स्रोतसाधन प्रयोग र जन्मनु संकलन अभियान बाट कुनै बैदेशिक दातृ निकायको सर्त फाइदा सहयोगको स्वीकार्न गरेर देशमा कोही नागरिक भोकै र नाङ्गै हुनुपर्दैन भन्ने कुरा हरेक नागरिक मा गरिमा बोध गराउन सकियो भने जीवन सार्थक भएको ठान्ने अभियानमा युक्त संस्था रहेको छ । कैयौं नेपालीको जीवन र सम्पूर्ण नेपालीको सभ्यता र गरिमा संग जोडिएको अभियान सफल पार्न दाताले आ आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरिरहेका छन् ।

संस्थाको आवाज छ, ‘आऔं सबै संत्संकल्पका साथ अघि बढौं, आफु बाँचौ अरुलाई पनि बचाऔं ।’ यही अभियान अंगाल्दै मानव सेवा आश्रमले सडकमानव उद्धारलाई लकडाउन, निषेधाज्ञा तथा चाडपर्वको समयमा पनि आश्रममा संरक्षणका लागि लगिएको छ ।
हेटौंडा बजार क्षेत्रमा अलपत्र परेका र पुर्ण रुपमा मानसिक सन्तुलन गुमाएका सडक मानवहरुलाई उद्धार गरिएको छ । लकडाउनको समयमा खान नपाएर सडकमा सुतिरहको अवस्थामा सडकबाट उठाएर कोरोनाको जाँच गरी आश्रममा लगिएको हो ।
उनले भनिन् ः ‘यस्तो जाखिमको समयमा हामीले स्वास्थ्य मापदण्डलाई पहिलो प्राथमिकतामा राखेका छौं । उद्धार गर्न जाने टोली देखि उद्धार गरेर ल्याइएका लक्ष्मिनारायणहरु र यहाँ बसेर सेवामा लागेका हामी सबैले कोरोना सँग बच्नको लागि सक्दो प्रयास गरेका छौं । उद्धार गरेर ल्याइएकालाई १४ दिन छुट्टै क्वारेन्टिनमा राखेर मात्रै सफा गरिदिने, कपडा फेरिदिने लगाएतका सरसफाईको काम गरेर भवनमा ल्याएर राख्ने गर्ने गरेका छौं ।’

भण्डारीको अनुसार जोखिमको समयमा पनि जिल्लाको कुनै सडकपेटी तथा सार्वजनिक स्थलमा अलपत्र भेटिए अथवा त्यस्तो खबर प्राप्त भए २४ सै घण्टा आश्रमका अभियान्ताहरु उद्धारमा लागिपर्ने गरेको पाइएको छ ।
२०७५ साल फाल्गुन ४ गते मकवानपुर जिल्ला देशकै पहिलो सडकमानव मुक्त जिल्ला घोषणा भैसकेको छ । सडक मानवमुक्त बनाउनको लागि आश्रमलाई संघिय सरकार, प्रदेश सरकार, स्थानीय निकाय तथा विभिन्न संघ संस्था र व्यक्तीहरुले सहयोग गर्दै आइरहेका छन् ।

 

प्रतिक्रिया