अग्रवाल समूह घरदैलोमा, शुक्रबार मनहरी क्षेत्र

पालिका डायरी
५ कार्तिक २०७८, २१:१९

 

हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघको आसन्न चुनावका अध्यक्ष पदका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालको समूहले घरदैलोको क्रममा मनहरी क्षेत्र पुगेका थिए ।

मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा शुक्रबार उम्मेदवारको समूहनैले व्यवसायी भेटघाट गरेका छन् । विहान हेटौंडा ११ थानाभ¥याङबाट भेटघाटलाई तिव्र बनाएका उक्त समूहले नवलपुर, बसामाडी, लेवट, बस्तीपुर हुदैं रजैया र मनहरी बजार क्षेत्रमा व्यवसायी भेटघाट गरिएको अध्यक्ष पदका उम्मेदवार अग्रवालले बताए ।कार्तिक ९ गते हुने निर्वाचनलाई तिव्रगतिमा घरदैलो तथा भेटघाट कार्यक्रम भइरहेको उनले बताए ।

उनीसँगै वाणिज्य तर्फका उपाध्यक्ष अनिल अग्रवाल, उद्योग तर्फका उपाध्यक्ष प्रमोदसिं रानाभाट, वस्तुगत तर्फका उपाध्यक्ष काव्यमणि अधिकारी, एशोसियट तर्फका उपाध्यक्ष विष्णु खनाल सहित सदस्य पदका उम्मेदवारहरुको सहभागिता रहेको थियो ।
मकवानपुर उद्योग वाणिज्य संघको ५४ र ५५ औं साधारण सभा जुम मार्फत ७ र ८ गते हुदैंछ ।

प्रतिक्रिया
ghardailo-1536×1152