भीमफेदीमा बौलाहा कुकुर आतंक, १३ जना घाइते

पालिका डायरी
४ कार्तिक २०७८, २१:०१

हेटौंडा ÷ भीमफेदी गाउँपालिकामा बौलाहा कुकुर आतंक मच्चिएको छ । वौलाहा कुकुरले भीमफेदी वजार, सुपिङ ,माथिल्लो ज्यामिरे लगायतका गाउँहरुमा आतंकित वनाएको छ ।
बिहिबार प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदिमा १३ जनाले उपचार गरेकोमा ३ जना काठमाडौं रेफर गरिएको र अन्य उपचार पछि घर फर्केका छन् । काठमाण्डौं रिफर गरिएको मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ । कुकुरले टोकेको तर सामान्य चोट भै स्वास्थ्य संस्थामा रेविजको ईन्जेक्सन लगाउन सम्पर्कमा आउन बाँकी संख्या एकिन हुन नसकेको गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले जानकारी दिइन् ।
ईलाका प्रहरी कार्यालय ,५ र ६ नम्बर वडा समिति ,रेडक्रस भीमफेदी र स्थानीयको प्रयास हँुदा पनि उक्त कुकुर नियन्त्रणमा लिन नसकिएको उपाध्यक्ष रानाको भनाइ छ । उक्त कुकुर नियन्त्रणमा लिनको लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा लगाएत सरोकारवाला निकायहरु समेत लागिपरेको बताइएको छ ।
सबै सचेत रहन र देखा परेमा सरोकारवाला निकायहरु लाई जानकारी गराउनको लागि गाउँपालिकाले सबै स्थानीयबासीहरुलाई सुचित गरिएको उपाध्यक्ष रानाले बताइन् । साथै उक्त कुकुर बिहिबार साँझ भीमफेदी ५ तल्लो ज्यामिरेवाट अघाउटे, कलिनघाट तर्फ गएको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया