दीपिका–रणवीरले किने मुम्बईको अलीबागमा नयाँ घर, ‘होली–डे होम’को रुपमा प्रयोग गर्ने
![दीपिका–रणवीरले किने मुम्बईको अलीबागमा नयाँ घर, ‘होली–डे होम’को रुपमा प्रयोग गर्ने](https://www.palikadiary.com/wp-content/uploads/2021/09/deepiika-and-ranveer.jpg)
काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण र उनका श्रीमान रणवीर सिंहले भर्खरै एक आलिशान घर किनेका छन् । दीपिका–रणवीरले मुम्बईको अलीबागमा करिब २२ करोडमा नयाँ आलिशान घर खरिद गरेका हुन् ।
दीपिका र रणवीर भन्दा पहिल्यै सो इलाकामा शाहरुख खान, अनुष्का शर्मा र विराट कोहली, राहुल खन्नालगायतले पनि घर र फार्म हाउस खरिद गरेका थिए ।
दीपिका र रणवीरको नयाँ घरमा के छ विशेष ?
भारतीय सञ्चार माध्यमका अनुसार ९००० स्क्वायर मिटर जग्गामा बनेको यस बंगलामा ५ वटा बेडरुम छन् । अलीबाग मुम्बईको धनी क्षेत्रहरुमध्येको एक हो र यस फाइभ भीएचके फ्ल्याटमा कयौं पार्किङहरु रहेका छन् ।
जानकारी अनुसार दीपिका र रणवीरले यस घरलाई ‘होली–डे होम’को रुपमा प्रयोग गर्नेछन् । हाल दीपिका र रणवीर मुम्बईको प्रभादेवी इलाकामा रहेको आलिशान फोर भीएचके अपार्टमेन्टमा रहँदै आएका छन् । सो अपार्टमेन्टलाई सन् २०१० मा अभिनेत्री दीपिका पादुकोणले खरिद गरेकी थिइन्
विहेपछि दीपिका र रणवीर सोही अपार्टमेन्ट (फोर भीएचके अपार्टमेन्ट) मा रहँदै आएका थिए । ज्यापकी डट कमका अनुसार अलीबागस्थित फाइभ भीएचके फ्ल्याट भने दीपिका र रणवीर दुवै जना मिलेर खरिद गरेका हुन् ।
करियरको पिकमा छन् दीपिका–रणवीर
पछिल्लो समय अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह आ–आफ्नो करियरको पिकमा रहेका छन् । अभिनेता रणवीर सिंहको ब्याक टु ब्याक फिल्महरु सुपरहिट बनेको थियो, भने अभिनेत्री दीपिका पादुकोणले पनि लगातार धमाकेदार प्रोजेक्टहरु पाइरहेकी छन् ।