मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले गरे आत्महत्या प्रयास

पालिका डायरी
१ आश्विन २०७८, १२:२५
मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले गरे आत्महत्या प्रयास

एजेन्सी । ‘मिष्टर इण्डिया’ विजेता मनोज पाटिलले आत्महत्या प्रयास गरेका छन् । उनी बडी बिल्डरसमेत हुन् ।

पाटिलले आफ्नो आत्महत्याको पछाडि अभिनेता साहिल खान जिम्मेवार रहेको भन्दै एक सुसाइड नोट लेखे फेला परेको जनाइएको छ । उनले आफूलाई साहिलले साइबर बुलिङ र मानसिक रुपले तनाव दिएको आरोप लगाएका छन् ।

पाटिलले आत्महत्याको प्रयास गरेको परिवारले भेटेपछि उनलाई मुम्बईको कूपर अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनएको छ । उनले सुसाइड नोटमालेखेका छन्, ‘म मिस्टर ओलम्पियामा सहभागिताको लागि प्रयासमा छु । तर साहिल खानले मलाई पटक पटक प्रताडित गरिरहेको थियो । उनले मलाई यो प्रतियोगितामा सहभागिता नजनाउन दबाब दिइरहेका थिए । उनी बिना कारण नै मलाई सामाजिक सञ्जालमा बदनाम गराइरहेका थिए’।

मनोजको परिवार र उनका साथीहरुले मुम्बईको ओशिवारा थानामा उजुरी दर्ता गराएका छन् ।

प्रतिक्रिया