Sajha Party
आन्तरिक विवाद बढ्दै गएपछि विवेकशील साझा पार्टीको बखुण्डोलस्थित पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।
निर्देश सिलुवाल नेतृत्वको असन्तुष्ट समूहले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न खोजेपछि संस्थापन पक्षले अवरोध गर्न खोज्दा तनाव बढेको हो। त्यसपछि संस्थापन पक्षले अर्को निर्णय नहुँदासम्म कर्मचारी बाहेकलाई कार्यालय प्रवेशमा रोक लगाएको हो।
विवेकशील साझामा एउटा समूहले अर्को समूहलाई कारबाही गर्दै आएको छ। यो पार्टीको विवाद निर्वाचन आयोगसम्म पुगेको छ।
प्रतिक्रिया


