मधव नेपालले राजनीतिबाट सन्यास लिने बेला भएको छ : योगेश भट्टराई

पालिका डायरी
१२ चैत्र २०७८, १३:३६
yogesh bhattarai hetauda

हेटौंडा / नेकपा एमालेमा सचिव योगेश भट्टराईले माधव नेपाललाई संयास लिनुपर्ने बेला भएको बताएका छन् । शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा माधव नेपालतिर संज्ञा गर्दै भट्टराईले भने, ‘राजनीतिबाट अवकाश लिने समयमा तुच्छकुराहरु किन आउँछ भन्ने अचम्म लाग्छ, संन्यास लिने बेला भएको मान्छेले संन्यासी शब्द नै बोल्नु राम्रो हो ।’

सोही क्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सरकारले ८ महिनाको अवधिमा देश विकासमा कुनै काम गर्न नसकेको आरोप लगाएका छन् । एमालेको सरकार रहँदा इतिहासकै धेरै विकास भएको भट्टराईले बताएका छन् । शनिबार हेटौंडामा भएको पत्रकार भेटघाटको क्रममा नेकपा एमालेले समान्तर हाइवे निर्माण देखि अन्य देश विकास एमाकै सरकार हुँदा गरेको बताएका हुन् ।

‘‘पछल्लो ८ महिनामा हेर्ने हो भने मुलुकको अर्थतन्त्र इतिहासकै सबैभन्दा नकारत्मक बनेको छ । विदेशी मुद्राको संचिती पनि इतिहासमै कम भएको छ ।’’ मुल्यबृद्धि बढेको बढ्यै छ । यतिमात्रै होइन विकास खर्च १४÷१५ प्रतिशत भन्दा भएको छैन । पुँजीगत खर्च भएको छैन । यतीमात्रै होइन व्यापार घाटा डरलाग्दो ढंगले बढ्दै गइरहेको छ, भट्टराईले भने ।

भट्टराईले नेपाली कांग्रेसलाई चुानवी मैदानमा आउँदा कुनै पार्टीसँग गठबन्धनमा नभइ एक्लै आउन समेत आग्रह गरेका छन् । सकिन्छ भने सफा सफा एक्लै चुनावी मैदानमा आउँ न, किन १० जना नन्दी भृगी भिरेर लड्न आउनुहुन्छ, उनले भने ।

yogesh bhattarai  hetauda

 

प्रतिक्रिया