हेटौंडामा मोटरसाइकलको ठक्करबाट १० वर्षीय बालक गम्भीर घाइते

पालिका डायरी
१० मंसिर २०८३, ११:१७
accident

हेटौंडा /  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चुच्चेखोलास्थित कान्तिलोकपथ सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन्।

चौघडाबाट शिखरकटेरीतर्फ जाँदै गरेको बा ८८ प ७५२४ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा हेटौंडा–६ शान्तिटोल निवासी अन्दाजी १० वर्षीय यमान लो लाई ठक्कर दिएको हो।

ठक्करबाट बालकको टाउको, दाहिने पाता र बायाँ खुट्टामा चोट लागेको थियो। उनलाई सुरुमा मकवानपुर सहकारी अस्पताल हेटौंडामा उपचारका लागि लगिएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर, चितवन रिफर गरिएकोमा हाल उपचार भइरहेको र स्वास्थ्यमा सुधार हुँदै गएको जनाइएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालक मकवानपुरगढी गाउँपालिका–२ कुरले निवासी अन्दाजी २७ वर्षीय बिकेस ध्यावा जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया