गोरखामा बुढीगण्डकी नदीमाथि जंगलमा भीषण सुक्खा पहिरो
गोरखाको धार्चे गाउँपालिका-१ स्थित ठाडो भर्याङको जंगल क्षेत्रमा शनिबार बिहान ठुलो सुक्खा पहिरो गएको छ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बस्ती नभएको क्षेत्रमा पहिरो गएकाले कुनै क्षति भएको छैन । ‘तल बुढीगण्डकी नदी भए पनि पहिरो त्यहाँसम्म नपुगेकाले तत्काललाई नदी थुनिने अवस्था पनि देखिएको छैन’, उनले भने ।
यद्यपि परिस्थितिको निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । स्थानीयका अनुसार पहिरो आज बिहान ९ बजेतिर खसेको हो ।
प्रतिक्रिया

