भीमफेदी ईभी दुर्घटना अपडेट : १० जनाको मृत्यु, ५ जना घाइते

पालिका डायरी
२६ कार्तिक २०८३, ०८:५१

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ आउँदै गरेको यात्रुबाहक ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

हालसम्म प्राप्त जानकारीअनुसार दुर्घटनामा ३ महिला, ५ पुरुष र २ बालिकासहित १० जनाको मृत्यु भएको छ। त्यस्तै, २ बालक र ३ पुरुष गरी ५ जना घाइते भएका छन्।

दुर्घटनाको विस्तृत विवरण तथा मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ।

प्रतिक्रिया