हेटौँडा–११ मा निःशुल्क प्रयोगशाला सेवा सुरु, वडा अध्यक्ष जुना दाहालको पहलमा स्वास्थ्य सेवाको विस्तार

पालिका डायरी
१९ कार्तिक २०८३, १६:४३

हेटौँडा /  स्थानीय नागरिकलाई आफ्नै वडामा सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित हेटौँडा उपमहानगरपालिका–११ स्थित नवलपुर आधारभूत स्वास्थ्य केन्द्रमा प्रयोगशाला सेवा सुरु गरिएको छ। व

डा अध्यक्ष जुना दाहालको पहल र सक्रियतामा सुरु भएको यस सेवाले वडाको स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण उपलब्धि थपेको छ। आज आयोजित एक कार्यक्रमबीच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले प्रयोगशाला सेवाको उद्घाटन गरेकी हुन। वडा अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, टोल विकास संस्थाका अध्यक्ष तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

प्रयोगशाला सेवा सातामा दुई दिन सञ्चालन हुने वडा अध्यक्ष दाहालले जानकारी दिइन उक्त सेवामार्फत सुगर परीक्षणलगायत विभिन्न स्वास्थ्य परीक्षण निःशुल्क गरिनेछ। यसबाट सामान्य स्वास्थ्य परीक्षणका लागि समेत टाढाका अस्पताल तथा निजी प्रयोगशालामा धाउनुपर्ने छैन स्थानीय नागरिकलाइ सामान्य स्वास्थ उपचारको लागि पनि हेटौंडा अस्पताल पुगेर घन्टौं लाइनमा बस्नु पर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

विकास भनेको सडक र भवन मात्रै होइन, नागरिकको स्वास्थ्यमा गरिने लगानी पनि हो भन्ने सन्देश हेटौँडा–११ ले दिएको छ। वडा अध्यक्ष दाहालले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सुरु गरेको यो पहलले स्थानीय सरकार जनताको आधारभूत आवश्यकताप्रति कति जिम्मेवार हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया