मकवानपुरमा जबरजस्ती करणीको आरोपमा २६ वर्षीय युवक पक्राउ
मकवानपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
बकैया गाउँपालिका–१, रजुवामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय रामशरण भोम्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार हेटौँडा घर भई हाल बकैयामा बस्दै आएकी बालिकालाई जबरजस्ती करिणी भएको आरोप छ।
यसमा संलग्न रहेको आरोप लागेका स्थानीय रामशरणलाई प्रहरीले पक्राउ गरिएको काफ्लेले बताए। उनीविरुद्ध जबरजस्ती करणीसम्बन्धी जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया


