७२ हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ
दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौँ आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया

