बढ्यो सुन-चाँदी दुवैको भाउ

पालिका डायरी
३ कार्तिक २०८३, १३:२७
सुनको भाउ वृद्धि,

नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो।  हिजो आइतबार सुन तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा ८५ रुपैयाँ बढेर आज ४ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको भाउ प्रतितोला ४ हजार १०० रुपैयाँ थियो।

प्रतिक्रिया