विश्वप्रकाश शर्माले दिए वरिष्ठ उपसभापतिमा उम्मेदवारी
file photo
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार शर्माले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसमा वरिष्ठ उपसभापति नयाँ पद थपिएको हो । यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ ।
शर्मा कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए।

प्रतिक्रिया

