उज्यालो नेपाल पार्टीको भीमफेदीमा आशिष अस्लामीको नेतृत्वमा कार्यसमिति गठन

पालिका डायरी
१८ आश्विन २०८३, १९:०६
उज्यालो नेपाल पार्टीको भीमफेदीमा आशिष अस्लामीको नेतृत्वमा कार्यसमिति गठन

भीमफेदी गाउँपालिकामा उज्यालो नेपाल पार्टीको पहिलो बैठकले आशिष अस्लामीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ।

आइतबार (आज) भीमफेदी–१ टौबासमा सम्पन्न बैठकले पार्टीको पालिका तहको संगठन विस्तारसँगै आगामी तीन महिनाका लागि सदस्यता वितरण र संगठन निर्माणको कार्ययोजना समेत तय गरेको हो।

बैठकबाट कार्यसमितिको उपाध्यक्षमा रोशन घलान, सचिवमा सुदिप लामा, उपसचिवमा ल्हासा बुटी स्याङ्बा र कोषाध्यक्षमा युगेन घलान चयन भएका छन्। सदस्यमा राजिब परियार, भीमबहादुर थोकर, नारायण मोक्तान, टसी लामा, वीरबहादुर मोक्तान, प्रयास गोले, मानव तामाङ, रोहित गोले, दिनेश राना, विजय थीङ, पृया तामाङ, अम्मर सिंह वाइबा र सानुकान्छा घलान रहेका छन्।
बैठकले जितमान सिंह वाइबा र चन्द्र तितुङलाई पार्टीको पालिका सल्लाहकारमा मनोनीत गरेको छ।

उज्यालो नेपाल पार्टीले भीमफेदीमा तीनमहिने संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत टोल भेला गर्ने, वडा भेला आयोजना गरी वडा कमिटी गठन गर्ने तथा प्रत्येक वडामा ८० भन्दा बढी सदस्यता वितरण गर्ने लक्ष्य राखिएको छ। अभियानलाई विशेषगरी महिला, युवा तथा अल्पसंख्यक समुदायमा केन्द्रित गर्ने निर्णय गरिएको छ।

बैठकमा पार्टीको विचार, संगठन विस्तार र आगामी राजनीतिक गतिविधिका विषयमा छलफल भएको थियो। हरित क्रान्तिमार्फत नेपाली नागरिकको जीवन रूपान्तरण, सुशासन र सामाजिक न्यायलाई पार्टीको प्रमुख राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।

उज्यालो नेपाल पार्टी बागमती प्रदेश कमिटी सचिव रामप्रसाद कालाखेतीको प्रमुख आतिथ्यमा भएको बैठकमा प्रदेश कमिटी सदस्य बद्रीबहादुर स्याङतान र गोविन्द भ्लोन, मकवानपुर जिल्ला अध्यक्ष इन्जिनियर सुरेन्द्र लामा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का गत निर्वाचनका उम्मेदवार डा. प्रविण स्याङतानलगायत सहभागी थिए। बैठकको अध्यक्षता नवनिर्वाचित अध्यक्ष आशिष अस्लामीले गरेका थिए भने सञ्चालन सचिव सुदिप लामाले गरेका थिए।

प्रतिक्रिया