काभ्रेको रोसी खोलाको बाढीले सतर्कता तह नाघ्यो, सावधानी अपनाउन सुझाव

पालिका डायरी
९ आश्विन २०८३, ०७:००
पनौतीमा बाढीको फाइल फोटो पनौतीमा बाढीको फाइल फोटो

काभ्रेपलाञ्चोक जिल्लास्थित रोसी खोला उर्लिएपछि बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।

हिजो बिहान साढे ५ बजे सूचना जारी गरी बाढी महाशाखाले रोसी खोलाको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको हो।

सूचनमा भनिएको छ, ‘काभ्रेपलाञ्चोक जिल्ला स्थित रोशी खोला पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा रहनुहुनेहरू बिहानसम्म सतर्कता अपनाउनुहोला।’

प्रतिक्रिया