दुबईमा कार्यरत नेपालीद्वारा बाढीपीडितका लागि २ लाख २३ हजार सहयोग

पालिका डायरी
२ आश्विन २०८३, ०९:२७

हेटौंडा /  दुबईस्थित अल शिरावी इक्विपमेन्टमा कार्यरत नेपालीहरूले बाढीपीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख २३ हजार ६३६ रुपैयाँ सहयोग गरेका छन्।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ का नगेन्द्र घिसिङको सहकार्यमा दुबईमा कार्यरत नेपालीहरूबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराइएको हो।

प्राकृतिक विपद्का कारण प्रभावित तथा संकटमा परेका नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले विदेशमा रहेर पनि नेपालीहरूले आफ्नो कमाइबाट रकम संकलन गरी सहयोग गरेको नगेन्द्र घिसिङले बताए।

उनीहरूको यो सहयोगले विपद्को समयमा देश तथा समुदायप्रतिको जिम्मेवारी र मानवीय भावनालाई समेत प्रतिबिम्बित गरेको छ।

रकम सहयोग तथा संकलन कार्यमा सहकार्य गर्ने नगेन्द्र घिसिङसहित अल शिरावी इक्विपमेन्टमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइहरूलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन।

प्रतिक्रिया