कुकुरलाई सेती नदीमा फाल्ने पक्राउ

पालिका डायरी
२ आश्विन २०८३, १२:२८
मकवानपुरकी दुई महिला वीरगञ्जबाट पक्राउ

बझाङमा कुकुरलाई सेती नदीमा फालेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा कुकुरलाई पुलको पश्चिम किनाराको रेलिङमुनिबाट धकेलेर नदीमा फाल्ने महिला जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकाया रहेको खुलेको प्रहरीले जनाएको छ ।

रोकायालाई असोज १ गते बेलुकी पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया