एघारौं दिनमा वेत्रावतीबाट ६४ वर्षीया वृद्धाको उद्धार

पालिका डायरी
२० भाद्र २०८३, १४:३१
एघारौं दिनमा वेत्रावतीबाट ६४ वर्षीया वृद्धाको उद्धार

भोटेकोशी बाढीमा परेकी एक महिलाको एघारौं दिनमा उद्धार गरिएको छ ।

शनिबार नुवाकोटको बिदुर नगरपालिका-१०, वेत्रावतीस्थित एक घरबाट सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो । वेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठको उद्धार गरिएको सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। उनको आफ्नै घरको चौथो तलबाट उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा खटिएको टोलीले श्रेष्ठको उद्धार गरेको सहप्रवक्ता थापाले जानकारी दिए। उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया