अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

पालिका डायरी
१९ भाद्र २०८३, १४:१७
accident

कपिलवस्तुको शिवराज नगरपालिका–२, बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

अटोको ठक्करबाट टाउको र अनुहारमा चोट लागेका बालकलाई तत्काल चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो। उपचारका क्रममा लुम्बिनी सिटी अस्पताल, बुटवलमा पुगेका बालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनापछि प्रहरीले अटो र चालक ३४ वर्षीया रुपा वि.क.लाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया