अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार

पालिका डायरी
२० भाद्र २०८३, १४:२१
अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार

अपर त्रिशूली-१ को सुरुङबाट एक विदेशी नागरिकको उद्धार भएको छ ।

भरखरै नेपाली सेनाले उनको तस्वीर सार्वजनिक गर्दै उद्धार गरेको जानकारी दिएको छ । उनी चिनियाँ नागरिक लुहाइताओ रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

उनलाई सुरुङको २२५ मिटरभित्रबाट उद्धार गरिएको हो । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएको ११ औं दिनपछि उनको उद्धार भएको हो ।

यसअघि हिजो त्रिशूली ३ ए बाट २ जनाको उद्धार भएको थियो ।

प्रतिक्रिया