माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र जीवितै भेटिए मानिस, एकजनाको उद्धार
भोटेकोसी-त्रिशूली बाढीका माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र फसेका मानिस जीवितै भेटिएका छन्।
यो खबर लेख्दासम्म मानिसको उद्धार सुरु भइसकेको छ । इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट एक जना सञ्जय साहको उद्धार गरिसकिएको छ।
उनले भनेका छन्, ‘अरू पनि छन् भन्ने जानकारी प्राप्त भएको छ। अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ।’
उद्धारमा खटिएका इन्जिनियर उदय न्यौपानेका अनुसार अहिले अर्का व्यक्तिको उद्धार भइरहेको छ। झन्डै ७ जना अझै त्यहाँ रहेको अनुमान छ।
प्रतिक्रिया


