विपद्‌मा सेना परिचालन भयो, जनपरिचालन भएन: प्रचण्ड

पालिका डायरी
१७ भाद्र २०८३, १४:५१
prachanda

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता एवं संयोजक पुष्पमकल दाहाल ‘प्रचण्ड’ले विपद्को बेला जनपरिचालन नभएको औंल्याएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै संयोजक प्रचण्डले सुरुवातमा सरकारले सक्रियता देखाएको भए पनि पछि त्यसअनुसार काम नभएको बताएका छन्। सेना परिचालन गरिएको भए पनि जनपरिचालन नभएको उनको भनाइ छ।

‘प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने आउनेमा त देखियो, सेनाले जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका देखियो। त्यसका लागि धन्यवाद,’ प्रचण्डले थपे, ‘सेना परिचालन भयो, जन परिचालन भएन। जनपरिचालन नगर्दासम्म समस्याको वास्तविक समस्या समाधान हुँदैन।’

उनले सेनासँगै जनतालाई पनि परिचालन गर्नुपर्नेमा जोड दिए। ‘सेना परिचालनसँगै जनपरिचालन जोडिएन, केन्द्रीयसँगै स्थानीय सरकार जोडिएन भने समस्याको समाधान हुँदैन,’ प्रचण्डले भने।

प्रतिक्रिया