चिनियाँ दूतावासले भन्यो- हिमताल फुटेपछि भोटेकोसीमा बाढी आयो

पालिका डायरी
११ भाद्र २०८३, ११:२१
भोटेकोशी नदीमा आएकाे बाढी गल्छी पुग्याे

नेपाल-चीन सीमामा पर्ने केरुङ-रसुवागढी क्षेत्रमा भदौ १० गते बिहानको भीषण बाढी हिमताल फुटेपछि आएको नेपालस्थित चिनियाँ दूतावासले बताएको छ।

दूतावासले बाढी आएको भोलिपल्ट बिहान बिहीबार सूचना जारी गरेर हिमताल भत्किएपछि ठुलो मात्रामा पहिरो गएको त्यसपछि बाढी आएको जनाएको हो।

उक्त बाढीमा परेर उल्लेख्य मात्रामा मानवीय क्षति भएको दूतावासले बताएको छ। बाढीमा परेर चीनतर्फ पनि मानिसहरू बेपत्ता भएको दूतावासले बताएको छ।

प्रतिक्रिया