हेटौँडा–१९ मा बाढीले बगाएकी बिनिताको शव ३ किलोमिटर तल फेला

पालिका डायरी
३ भाद्र २०८३, ०९:४०

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तिपुरमा बाढीले बगाएर बेपत्ता भएकी १२ वर्षीया बिनिता भोलनको शव फेला परेको छ।

स्थानीय राजकुमार भोलनकी छोरी बिनितालाई हिजो बाढीले बगाएको थियो। उनको खोजीका लागि आज बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दा परिचालन भएका थिए।

खोजीका क्रममा बिनिताको शव बाढीले बगाएको स्थानभन्दा करिब ३ किलोमिटर तल फेला परेको हो। सोही घटनामा बाढीले बगाएकी ८ वर्षीया रोसनी स्याङ्ताङको शव यसअघि नै फेला परेको थियो। ११ वर्षीया सुमित्रा भोलन भने अझै बेपत्ता रहेकी छन्। यस्तै, १३ वर्षीया सीमा भोलन भने बाढीबाट आफैँ निस्कन सफल भएकी छन्।

प्रतिक्रिया