मनहरी खोला तर्ने क्रममा एक जना बेपत्ता, खोजी कार्य जारी

पालिका डायरी
२१ श्रावण २०८३, १२:०२
मनहरी खोला तर्ने क्रममा एक जना बेपत्ता, खोजी कार्य जारी AI photo

मकवानपुरको कैलाश गाउँपालिका–४ सिसैटा निवासी दुई जना मनहरी खोला तर्ने क्रममा बग्दा एक जना बेपत्ता भएका छन्।

प्राप्त जानकारीअनुसार हिजो (बुधबार) राति करिब ११:०० बजे  कालिकाटारबाट देउतीस्थित आफ्नै घर फर्कंदै गरेका २५ वर्षीय प्रकाश तामाङ र ३२ वर्षीय अशोक प्रजा मनहरी खोला तर्ने क्रममा खोलाको तीव्र बहावमा परेका थिए।

घटनामा प्रकाश तामाङ सकुशल बाहिर निस्कन सफल भएका छन् भने अशोक प्रजालाई खोलाले बगाएको र हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी भार्ता, प्रहरी चौकी चैनपुर तथा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। स्थानीयवासीसँग समन्वय गरी बेपत्ता अशोक प्रजाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया