सुनसरी घटनामा गोली लागेका थप एक जनाको मृत्यु

पालिका डायरी
१९ श्रावण २०८३, १३:१६
सुनसरी घटनामा गोली लागेका थप एक जनाको मृत्यु

सुनसरीको देवानगन्जमा भएको तनावमा घाइते भएकामध्ये अर्का एक जना युवकको निधन भएको छ ।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा देवानगन्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीका एसपी पुष्पराज मल्लले उपचारका क्रममा उनको निधन भएको खबर आएको कान्तिपुरलाई बताए । उनले भने, ‘थप उपचारका लागि उहाँलाई काठमाडौं पठाइएको थियो, उपचारका क्रममा निधन भएको खबर आएको छ ।’

देवानगञ्ज–३ का मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको उनका आफन्त रोशन मेहताले जानकारी दिए । रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट थप उपचारका लागि गत शुक्रबार एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो। बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेपछि विराटनगरमै नसाको शल्यक्रिया गरिएको थियो । तर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई शिक्षण अस्पताल रेफर गरिएको थियो ।

प्रतिक्रिया