कुटपिट गरी आफ्नै हजुरबुबाको हत्या गर्ने नाति पक्राउ
AI Photo
सोलुखुम्बुमा न्वारन पूजामा गएका आफ्नै हजुरबुबामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी अन्दाजी २३ वर्षीय निरबहादुर विश्वकर्मा रहेका छन्। उनले आफ्ना हजुरबुबा अन्दाजी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मामाथि कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साउन १८ गते कृष्णगोपाल विश्वकर्मा नाति निरबहादुरको घरमा न्वारन पूजामा गएका बेला उनीहरूबीच भएको घटनामा निरबहादुरले कुटपिट गर्दा कृष्णगोपाल गम्भीर घाइते भएका थिए। घाइते कृष्णगोपालको उपचारका क्रममा साउन १९ गते मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न निरबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया

