मौसम विभागले भन्यो ३ दिन सतर्कता अपनाउनू
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन नेपालमा वर्षा बढ्ने सम्भावना देखिएकाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
मौसम विभागले आज सोमबार बिहान नक्सासहितको चेतावनी जारी गरी सुन्तला रङ लगाइएका क्षेत्रका बासिन्दालाई तीन दिन सजग रहन सल्लाह दिएको हो।

प्रतिक्रिया

