भौतिक पूर्वाधार विकास मन्त्री रायमाझीको राजीनामा, हानेपाका बज्राचार्यलाई जिम्मेवारी

पालिका डायरी
१९ श्रावण २०८३, १४:१४
बागमतीमा २ सिटको हानेपाले माग्यो मुख्यमन्त्री

हेटौंडा /  बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बिनु रायमाझी पौडेलले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका  छिन् । मन्त्री पौडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम राजीनामा दिएको हो ।

मन्त्री पौडेलको राजीनामापछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार नै नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को पुनर्गठन तथा कार्यविभाजन गर्रेका छन् । सोहीअनुसार हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।

पुनर्गठनअनुसार मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी आफैं सम्हाल्ने भएका छन् । त्यसैगरी, शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय तथा शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन मन्त्रालयहरूको पुनर्गठन तथा कार्यविभाजन गरिएको बताएका छन् ।

प्रतिक्रिया