पक्की पुल, सडक र खानेपानीको सुविधा आफैं प्रयोग गर्दै ‘३५ वर्षमा केही भएन’ भन्नु विडम्बना : अध्यक्ष लामा

राम कुमार दानी
१७ श्रावण २०८३, १३:२०
घर जले पनि सत्कर्म कहिले छोडिन्न : उपाध्यक्ष लामा

हेटौँडा /  नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत विकासका पूर्वाधारको प्रयोग गर्दै पनि विगत ३५ वर्षमा केही नभएको दाबी गर्ने प्रवृत्तिप्रति कडा टिप्पणी गरेका छन्।

लामाले फेसबुकमा लेख्दै अहिलेका सांसद तथा राजनीतिक नेतृत्वले पक्की पुल, पिच तथा कच्ची सडक, झोलुङ्गे पुल, कुलो तर्दै गाउँ पुग्ने, विद्यालय, मठ, मन्दिर, गुम्बा, चर्च तथा सामुदायिक भवनमा बस्ने र खानेपानीको सुविधा उपभोग गरिरहँदा पनि ‘३५ वर्षमा केही भएन’ भन्ने निष्कर्ष सुनाउनु विडम्बनापूर्ण भएको बताएका छन्।

उनले विकासका यी संरचनाहरू विगतका वर्षहरूमा राज्य, स्थानीय तह र जनताको संयुक्त प्रयासबाट निर्माण भएको उल्लेख गर्दै भएका उपलब्धिलाई पूर्ण रूपमा अस्वीकार गरेर राजनीतिक भाष्य निर्माण गर्नु उचित नहुने धारणा व्यक्त गरेका छन्।

लामाको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा व्यापक प्रतिक्रिया देखिएको छ। कतिपयले विकासका उपलब्धिको सम्मान गर्नुपर्ने बताएका छन् भने केहीले अझै धेरै काम गर्न बाँकी रहेको टिप्पणी गरेका छन्। त्यस्तै, केहीले आफूले उल्लेखनीय काम नगर्ने तर अरूले गरेका कामसमेत स्वीकार गर्न नसकेर यस्तो अभिव्यक्ति आएको भन्दै टिप्पणी गरेका छन्।

प्रतिक्रिया