हेटौँडामा विवाद भएपछि रास्वपा बागमतीको निर्वाचन अब काठमाडौँमा हुने
हेटौडामा विवाद भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेशको निर्वाचन काठमाडौँमा गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै निर्वाचन जेठ ३० गते काठमाडौँको धुम्बाराहीस्थित स्मार्ट दरबार शंखपार्कमा हुने जनाएको हो।
मतदातको समय बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि तोकिएको छ। यसपटकको मतदान प्रक्रिया पूर्णरूपमा विद्युतीय मतदान मेसिनबाट हुने आयोग प्रमुख भुवन केसीले जानकारी दिए।
हेटौडामा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो। उनका अनुसार निर्वाचन प्रक्रियाका सम्पूर्ण प्राविधिक कार्यहरू सम्पन्न गरिएको छ। मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन र प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएकाले निर्वाचन प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया


