मकवानपुरको बागमतीमा ईनार सफा गर्ने क्रममा एकको मृत्यु, दुई घाइते

पालिका डायरी
२३ जेष्ठ २०८३, १८:३९
मकवानपुरको बागमतीमा ईनार सफा गर्ने क्रममा एकको मृत्यु, दुई घाइते

मकवानपुरको बागमती गाउँपालिका–८ सात्तलेमा ईनार सफा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बागमती गाउँपालिका–८ ठोटरीखोला निवासी मिनबहादुर योञ्जनको ईनार सफा गर्ने क्रममा मृत्यु भएको हो। शनिबार (आज) दिउँसो ३ बजेतिर ईनारभित्र बेहोस भएका उनलाई उद्धार गर्ने प्रयास गरिए पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा उनका भतिज नबिन योञ्जन र भान्जा समिर वाइबा घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि फापरबारी लगिएको छ । स्थानीयले ईनारभित्र अक्सिजनको अभाव वा विषालु ग्यासका कारण घटना भएको हुन सक्ने आशंका गरेका छन् । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया