हेटौँडा उपमहानगर परिसरमा सरसफाइ

पालिका डायरी
१ जेष्ठ २०८३, १०:४६

हेटौँडा /  सरकारले हरेक कार्यालय परिसरमा साताव्यापी सरसफाइ गर्न परिपत्र गरे अनुसार हेटौँडा उपमहानगरपालिका परिसरमा सरसफाइ गरिएको छ ।

सरकारी कार्यालय परिसरमा देखिने फोहोर व्यवस्थापनमा ध्यान दिन सरकारले दिएको निर्देशनअनुसार उपमहानगरपालिकाको वातावरण तथा सरसफाइ शाखाले अभियान सञ्चालन गरेको हो ।

एक सातासम्म चलेको अभियान आज जेठ १ गते समापन गरिएको छ । एक साताको अवधिमा उपमहानगरपालिका परिसरमा उम्रिएका झारपात उखेलेका छन् भने चैत २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट निस्किएका फोहोर व्यवस्थापन गरिएको बताइएको छ ।

कार्यक्रममा शाखाअन्तर्गतका करिब १ सय कर्मचारी परिचालन भएको शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए । सरसफाइका क्रममा जलेका सवारीसाधनबाट निस्किएका फोहोर, तोडफोडमा परेका टेबल, कुर्सी, सिसालगायत पालिकाको पछिल्लो भागमा उम्रिएका अनावश्यक झारपात व्यवस्थापन गरिएको बताइएको छ ।

प्रतिक्रिया