बागमतीमा मध्याह्नसम्म ७० प्रतिशत मतदान

पालिका डायरी
११ माघ २०८२, १४:००
बागमतीमा मध्याह्नसम्म ७० प्रतिशत मतदान

राष्ट्रिय सभा निर्वाचनमा बागमती प्रदेशमा मध्याह्नसम्म ७० प्रतिशत बढी मतदान भएको छ ।

प्रदेश सभातर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २१७ जनाले मतदान गरेका छन् । बागमती प्रदेश सभामा हाल १०४ जना सांसद छन् ।

प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ६ जना सांसदले राजीनामा दिएका थिए । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी भएको छैन ।

यस्तै, स्थानीय तहतर्फ २३५ मतदाता छन् । तीन वटा नगरका मेयरले प्रतिनिधि सभामा भाग लिन राजीनामा दिएका छन् । जसले गर्दा स्थानीय तहका तीन जना मतदाता कम भएका हुन् ।

प्रतिक्रिया