हेटौंडा / जेनजी आन्दोलनका कारण उच्च अदालत पाटन हेटौंडा इजलासको भवन तथा भित्र रहेका अधिकांश कार्यालय सामग्री जलेर नष्ट भई न्यायिक कार्य सम्पादनमा कठिनाइ उत्पन्न भएको अवस्थालाई मध्यनजर गर्दै भीमफेदी गाउँपालिकाले आवश्यक सहयोगस्वरूप कम्प्युटर २ थान र प्रिन्टर ३ थान हस्तान्तरण गरेको छ ।
उक्त सामग्रीहरू भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौंडा इजलासका उप–रजिष्ट्रार बद्री प्रसाद लामिछानेलाई आज आयोजित औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जीवन कुवर, उच्च अदालतका अधिकृत जयप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाले न्यायिक कार्य सञ्चालनमा सहजता प्रदान गर्ने उद्देश्यले गरेको यो सहयोगले अदालतको नियमित कार्य सम्पादनमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ ।



