बागमतीका सभामुखले बुझाए राजीनामा

पालिका डायरी
१ आश्विन २०८२, १२:३३
बागमतीका सभामुखले बुझाए राजीनामा

बागमती प्रदेश सभामुख भुवन कुमार पाठकले सभामुख पदबाट आधिकारिक रूपमा राजीनामा दिएका छन् ।

उनले २०८२ असोज १ गते उपसभामुखलाई सम्बोधन गर्दै संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका हुन्। यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका उनले आधिकारीक पत्र भने पेश गरेका थिएनन् ।

उनलृ जेन–जी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाले ज्यान गुमाउनु परेको घटनापछि आफू गहिरो भावनात्मक आघातमा परेको उल्लेख गरेका छन् । जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहन उचित नहुने भन्दै राजीनामा दिने निर्णयमा पुगेको बताएका हुन् ।

२८ पुस २०७९ मा भएको सभामुखको निर्वाचनमा पाठकले ६२ मत प्राप्त गर्दै सभामुख पदमा निर्वाचित भएका थिए। तत्कालिन सत्तागठबन्धन नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले उनलाई सघाएको थियो ।

उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेश सभा सचिवालयलाई समेत पठाइएको छ। यससँगै बागमती प्रदेश सभाको सभामुख पद खाली भएको छ र नयाँ सभामुख चयन प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया