न्यायाधीशसहित ४ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगियो

पालिका डायरी
२ भाद्र २०८३, ०९:४९

हेटौंडा /  हेटौंडा–भीमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर वीरगन्ज ईजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगी सवार स्कर्पियो दुर्घटनाका चार जना घाइतेहरुलाई हेलीकोप्टरमार्फत उपचारका निम्ति काठमाडौंण्डौ लगिएको छ ।

थप उपचारका निम्ति काठमाडौं लगिएका उच्च अदालत जनकपुर वीरगन्ज ईजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगी, लक्ष्मी वडु, रीता वडु र रितेन्द्र वडुलाई लगिएको प्रहरीले जनाएको छ । लक्ष्मी वडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अन्य २ जना घाइतेहरुलाई उपचारका निम्ति हेटौंडा लगिएको छ । घाइते लक्ष्मी, रीता, रितेन्द्र उच्च अदालत जनकपुर वीरगन्ज इजलासका रजिष्ट्रार तारादत्त वडुका परिवार हुन्  । उक्त स्कर्पियोमा रजिष्ट्रार तारादत्त पनि थिए । उनी सामान्य घाइते भएका छन् र चालक सुन्नीलाल चौधरी पनि सामान्य घाइते भएका छन् । उनहरुलाई थप उपचारका निम्ति हेटौंडा लगिएको छ । स्कर्पियो दुर्घटनामा  ६ जना घाइते भएका थिए  ।

घाइतेहरुको भीमफेदीस्थित  अस्पतालमा सामान्य उपचार गरिएको थियो । गम्भिर घाइतेमध्ये एक महिलाको अवस्था अत्यन्त चिन्ताजनक रहेको ईप्रका भीमफेदीले जनाएको छ । मंगलबार बिहान काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश—३ —०१—००२ झ ५१८३ नम्बरको सरकारी स्कर्पियो सडकको डिभाइडरमा ठोक्किएर करिब ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया