हट्यो मकवानपुरको निषेधाज्ञा र कर्फ्यू
हेटौंडा / मकवानपुरमा लगाइएको निषेधाज्ञा तथा कर्फ्यू आदेश हटाइएको छ। भदौ २६ गतेदेखि लागु गरिएको निषेधाज्ञा तथा कर्फ्यू आदेश शनिबार (आज) बिहान १० बजेबाट हटाइएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ ।
मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनामा मुलुकमा देखिएको असहज परिस्थिति क्रमशः सामान्य हुँदै गएको कारण कर्फ्यू आदेश हटाइएको उल्लेख गरिएको छ ।
निषेधाज्ञा तथा कर्फ्यू हटेसँगै मकवानपुरको जनजीवन सामान्य बन्दै गएको छ । जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु जारी गरिएको थियो ।
जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मकवानपुर सहित मुलुकको जनजीवन सामान्य उन्मुख बन्न थालेको हो ।
प्रतिक्रिया



