हेटौंडा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी

पालिका डायरी
२४ भाद्र २०८२, १२:३२

हेटौंडा / मकवानपुरको हेटौंडा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। युवाहरुको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि आज दिउँसो १ बजेदेखि राति १२ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरले कर्फ्यु जारी गरेको हो। आदेशअनुसार तोकिएको क्षेत्रभित्र सभा, जुलुस, प्रदर्शन, भेला, बैठक, घेराउ र मानिसहरूको आवागमन निषेध गरिएको छ ।

कर्फ्यु लागू हुने क्षेत्र सानो पोखरा पुलदेखि राप्ती पुलसम्म, चौकीटोलस्थित अस्थायी प्रहरी पोस्टदेखि वन विज्ञान अध्ययन संस्थानको गेटसम्म रहने मकवानपुरको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।
आज बिहानैदेखि हेटौंडा बजार क्षेत्रमा प्रर्दशन भैरहेको छ । प्रदर्शनकारीहरुले हेटौंडा उपमहानगरपालिकाको गेट अगाडी टायर बालेर प्रर्दशन गरेका छन् भने बजार क्षेत्रका चोकहरुमा समेत आन्दोलन भैरहेको छ ।

 

प्रतिक्रिया