अर्का प्रदर्शनकारीको पनि मृत्यु

पालिका डायरी
२३ भाद्र २०८२, १४:५६

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा घाइते भएका थप एक जनाको पनि निधन भएको छ।
उपचारका लागि ट्रमा सेन्टर लैजाँदै गर्दा ती प्रदर्शनकारीको मृत्यु भएको हो।

अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार उपचारका लागि ल्याइएका १ जनाको मृत्यु भएको हो।

रिजालका अनुसार अस्पताल आउँदा नै मृत्यु भएको हो। ट्रमा अस्पतालमा ३० जना घाइते प्रर्दशनकारीको उपचार भइरहेको छ।

यसअघि निजामती कर्मचारी अस्पतालमा एक जनाको मृत्यु भएको थियो। निजामती अस्पतालमा १०० बढी घाइतेको उपचार जारी छ।

प्रतिक्रिया