भीमफेदीमा सवारी दुर्घटना, एक बालिका घाइते
हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैसेचोकमा बुधबार (हिजो) दिउसो भएको सवारी दुर्घटनामा एक विद्यालयकी बालिका घाइते भएकी छिन् ।
बागमती प्रदेश प्रहरीका अनुसार विक्रम स्याङबोकी ८ वर्षीया छोरी सोबिका स्याङबो कुलेखानी इङ्ग्लिस बोर्डिङ स्कुलको बसबाट झरेर बाटो काट्ने क्रममा दुर्घटनामा परेकी हुन् । भीमफेदीबाट हेटौडा तर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च ०९२६ नम्बरको पिकअप गाडीले ओभरटेक गर्ने क्रममा सोबिकालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेकी बालिकाको शरीरको विभिन्न भागमा चोट लागेकाे छ भाे उनी मध्यम घाइते भएकी छन् । उनलाई आफन्त फुपाजु सोम मोक्तानले उपचारका लागि हेटौडास्थित सन्चो अस्पताल लगेको प्रहरीले जनाएको छ।
पिकअप गाडी र चालक बागमती गाउँपालिका–१ माझिगाउँका ५३ वर्षीय बाबुलाल भोलनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएकाे छ ।

