हेटौंडामा २१२ किलो गाँजा बरामद, संलग्न व्यक्तिहरु फरार

पालिका डायरी
१६ भाद्र २०८२, १६:३२

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३, च्यानडाँडास्थित भित्री जंगलको बाटोबाट ठूलो परिमाणमा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार भदौ १६ गते राति करिब २  बजे च्यानडाँडामा गाँजा बोकेर ल्याइँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बसामाडीबाट खटिएको टोलीले ७/८ जना मानिसलाई गाँजा बोकी ल्याउँदै गरेको अवस्थामा देखेपछि उनीहरूले बोकेको भारी फालेर जंगलतर्फ  फरार भएको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

उक्त बरामद गरिएको गाँजाको तौल गर्दा २१२ किलो ८६० ग्राम रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि रितपूर्वक सुरक्षित गरिएको र घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया