पृथ्वी लोकमार्ग एकतर्फी खुल्यो

पालिका डायरी
१४ भाद्र २०८२, १२:१५

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बादरेमोड नजिकै सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको पृथ्वी लोकमार्गाम एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भएको छ ।

शनिबार (आज) बिहान करिब ६:४५ बजेतिर सडक माथिबाट सुक्खा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध राजमार्ग केही समय अघिदेखि एकतर्फी रूपमा खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

लामो समय सडक अवरुद्ध हुँदा सवारीसाधानको लामो जाम लागेको थियो । जेसीभीको सहायताले ढुंगा पन्छ्याएर एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ ।

माथिबाट ढुंगा झरिरहेका कारण पहिरो पन्छ्याउन असहज भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया