चितवनमा गुडिरहेको कार सडक किनारको रुखमा ठोकिँदा डाक्टरको मृत्यु
चितवनको भरतपुरमा गएराति कार सडक किनारको रुखमा ठोकिएर दुर्घटना हुँदा चिकित्सकको मृत्यु भएको छ ।
चितवन प्रहरीले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका-१० विशालचोकबाट रमाइलो चोकतर्फ जाँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराति १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोकिएको हो ।
दुर्घटनामा भरतपुर-२ आँपटारीका २९ वर्षीय डा. विप्लव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । राति घर फर्कंदै गर्दा उनको कार दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ। कारमा उनी मात्रै थिए ।
दुर्घटनामा परी गम्भिर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति २ बजे मृत्यु भएको हो । यसअघि नारायणी सामुदायिक अस्पतालमा कार्यरत डा. भट्ट केही समययता भने कुनै पनि स्वास्थ्य संस्थामा आबद्ध थिएनन् ।
प्रतिक्रिया

