भरतपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

पालिका डायरी
१३ भाद्र २०८२, १२:०७

हेटौंडा / भरतपुर महानगरपालिका–२८ राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।

सामुदायिक वन कार्यालयबाट करिब १०० मिटर भित्र घाँस काट्न गएका स्थानीय वर्ष ६२ का खिम बहादुर सुनार (मिस्टर) गैँडाको आक्रमणमा परी मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बिहिवार (हिजो) दिउसाे घाँस काट्ने क्रममा गैँडाले आक्रमण गर्दा घटनास्थलमै उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । शवकाे मुचुल्का पश्चात पोष्टमार्टमका लागि सरकारी अस्पताल भरतपुर पठाइएको जनाएको छ ।

राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वन क्षेत्रमा यसअघि पनि गैँडाले स्थानीयलाई आक्रमण गर्ने घटना हुँदै आएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया