हेटौंडामा पहिलो संस्करणको गोरखाब्वाइज कप फुटबल प्रतियोगिता हुँदै
हेटौंडा / हेटौंडामा पहिलो संस्करणको गोरखाब्वाइज कप ७ ए साइट नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । गोरखा ब्वाइज क्लबको आयोजनामा हेटौंडा–४,स्थित श्रमिक माध्यमिक विद्यालयको श्रमिक खेल मैदानमा यही भदौ ३० गतेबाट प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सहभागी हुन लागि ५ हजार रुपैयाँको दर्ता शुल्क लाग्ने प्रतियोगिता संयोजक संजिव देउलाले जानकारी दिनुभएको छ ।
मकवानपुर जिल्लाभरिका टिमहरुले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने संयोजक संजिव देउलाले बताउनुभयो । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहने अनुमान गरिएको उहाँले बताउनुभयो । जिल्लामा खेलाडीहरुको उत्पादन गर्न, खेलाडीको क्षमता अभिवृद्धि गर्न, खेलको महत्वबारे बुझाउन र एक अर्काबीच भातृत्व कायम गराउन प्रतियोगिता गर्न लागेको उहाँले बताउनुभयो ।
प्रतियोगिताको खेलतालिका भदौ २९ गते साँझासम्म सार्वजानिक गरिने छ । प्रतियोगिताको लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त भइरहेको उहाँले जानकारी गराउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिडर र उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २ लाख रुपैयाँको बजेट खर्च हुने आयोजकको अनुमान रहेको छ ।



