बृहत रक्तदान कार्यक्रम गर्दै युवा संघ मकवानपुर

पालिका डायरी
४ भाद्र २०८२, १६:४७

हेटौंडा /  नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघले भोलि ५ भदौमा हेटौंडाको हुप्रचौरमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।

रगतको अभावमा रहेकाहरूलाई जीवन दिने अभियानका साथ कार्यक्रम गर्न लागिएको युवा संघ मकवानपुर अध्यक्ष राजेश नगरकोटीले बताए । ‘बिहीबार बिहान ६ः३० बजे  हुप्रचौरमा बृहत रक्तदान कार्यक्रम हुन लागिएकोले मानवताप्रेमी सबैलाई कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन अनुरोध छ’ नगरकोटीले भने ।

विभिन्न समयमा परिस्थिति अनुसार एमालेले युवा शक्ति परिचालन गरी सामाजिक कार्यक्रम गर्दै आएको छ । यसैअनुसार स्वास्थ केन्द्रहरूमा रगत अभाव हुन थालेको अवस्थालाई मध्यनजर गरेर कार्यक्रम राखिएको नगरकोटीले बताए ।

प्रतिक्रिया