१२५ किलो गाँजासहित एक युवक पक्राउ

पालिका डायरी
१ भाद्र २०८२, १७:३९

हेटौंडा /  मकवानपुर प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई  पक्राउ गरेको छ ।

शनिबार (हिजो) प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्टमा जाँच गर्ने क्रममा बा.२१ च ३०८५ नम्बरको योद्धा पिकअप गाडी नियन्त्रणमा लिएको हो।

गाडी चालक धादिङ जिल्ला गल्छी गाउँपालिका–८ का ३१ वर्षीय रामबहादुर तामाङलाई शंका लागी खानतलासी गर्दा गाडीको पछाडिको भागमा लुकाइ–छिपाइ ल्याइएको अवस्थामा ११ वटा पोका सहित करिब १२५ किलो गाँजा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ।

बरामद गरिएको लागूऔषधसहित चालकलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया